पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘किम जोङ उनसँग मेरो घनिष्ठ सम्बन्ध छ’
clickmandu.com · Tue Aug 18 06:56:50 GMT 2026

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफूलाई सधैं ठूलो सम्मानका साथ व्यवहार गरेको बताएका छन् । उनले आफ्नो व्यक्तिगत सम्बन्धलाई जोड दिँदै आफ्नो यो दृष्टिकोण कोरियाली प्रायद्वीपको अवस्थालाई सुरक्षित बनाउन लक्षित रहेको बताए ।
पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू किमलाई धेरैपटक भेटेको र दुई नेताले एकअर्कालाई बुझेको बताए । ट्रम्पले किमको अघिल्ला अमेरिकी राष्ट्रपतिहरूप्रतिको दृष्टिकोणसँग आफ्नो सम्बन्धलाई तुलना गरे ।
Read full story at source (clickmandu.com)