ट्राफिक हवल्दार कुटेको अभियोगमा हर्क साम्पाङका कार्यकर्ता सोमप्रसाद राई पक्राउ
barnanmedia.com · Tue Aug 18 06:51:48 GMT 2026

सुनसरीको धरानमा ट्राफिक प्रहरीमाथि दुर्व्यवहार तथा कुटपिट गरेको आरोपमा श्रम संस्कृति पार्टीका कार्यकर्ता सोमप्रसाद राई प'क्राउ परेका छन्। धरान–११ निवासी ३८ वर्षीय राईलाई साउन ३० गते माछाभौडीमा ट्राफिक चेकिङका क्रममा प्रहरी सहायक हवल्दार सुवास विश्वकर्मामाथि कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार राईलाई अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। भोजपुरबाट निर्वाचित सांसद ध्रुव राईले भने प्रहरीसँगको सामान्य विवादमा आफ्ना कार्यकर्तामाथि कुटपिट भएको दाबी गर्दै निष्पक्ष छानबिन र दोषी प्रहरीमाथि कारबाहीको माग गरेका छन्।
Read full story at source (barnanmedia.com)