विद्युतीय चुलो प्रवर्द्धनमा जोड
barnanmedia.com · Tue Aug 18 06:56:14 GMT 2026

आजको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
सांसदले खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । प्रतिनिधिसभा बैठकको आजको आकस्मिक समयमा बोल्दै सांसद श्रीराम न्यौपानेले विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो । “वातावरण प्रदूषण नियन्त्रण गर्न र ग्यास आयात प्रतिस्थापन गर्न विद्युतीय चुलोमा जानुपर्छ”, उहाँले भन्नुभयो ।
Read full story at source (barnanmedia.com)