८ प्रतिशतले बढ्यो युनाइटेड सिमेन्टको व्यापार, कति पुग्यो ?
clickmandu.com · Tue Aug 18 07:17:30 GMT 2026

काठमाडौं । युनाइटेड सिमेन्टको व्यापार ८ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ८ प्रतिशतले बढेको हो ।
कम्पनीले सन् २०२४ मा २ अर्ब ४६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ मा बढेर २ अर्ब ६५ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा २ अर्ब ३८ करोड ६० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब ७ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब ३४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
Read full story at source (clickmandu.com)