कोशी : मन्त्रालय हेरफेरमा इन्द्रमणि असन्तुष्ट, जिम्मेवारी सम्हाल्न आनाकानी
nepalpress.com · Tue Aug 18 07:20:18 GMT 2026

विराटनगर । मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै मन्त्री इन्द्रमणि पराजुलीले जिम्मेवारी सम्हाल्न आनाकानी गरेका छन् । मुख्यमन्त्री हिक्मत कार्कीले सरकारमाा नेकपालाई भित्र्याएसँगै यसअघि आन्तरिक मामिला मन्त्रालयमा रहेका पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
आफूलाई जानकारी नै नदिई मुख्यमन्त्रीले जिम्मेवारी हेरफेर गरेको भन्दै पराजुली असन्तुष्ट बनेका छन् । पराजुलीले सम्हाल्दै आएको मन्त्रालय नेकपाको भागमा परेपछि अहिले गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएका छन् ।
Read full story at source (nepalpress.com)