गाँजा खेतीलाई तत्काल कानूनी मान्यता दिन एमाले सांसद राईको माग
barnanmedia.com · Tue Aug 18 07:09:10 GMT 2026

काठमाडौँ। प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद राजेन्द्र कुमार राईले गाँजा खेतीलाई तत्काल कानूनी मान्यता दिन सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले गाँजा खेतीलाई मुलुकको आर्थिक समृद्धिको आधारका रूपमा व्याख्या गर्दै यसका लागि आवश्यक कानून र विधि निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले गाँजा खेतीकै कारण आफ्नो निर्वाचन क्षेत्र धनकुटाका १८ देखि ३० वर्ष उमेर समूहका धेरै युवाहरू जीविकोपार्जनका लागि खेती गर्दा कानूनी झमेलामा परेर जेल भरिएको र यसले स्थानीयमा निराशा तथा त्रास छाएको बताए।
Read full story at source (barnanmedia.com)