धुलिखेलदेखि दाप्चा पुलसम्मको सडक १० मिटर चौडा पारिँदै
bishowkhabar.com · Tue Aug 18 07:21:56 GMT 2026

काठमाडौं– बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको करिब २० किलोमिटर सडक चौडा पारिने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार हाल औसतमा ५ दशमलव ५ मिटर चौडाइ रहेको मुख्य कालोपत्रे सडकलाई विस्तार गरी १० मिटर चौडा बनाइनेछ ।
सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख वरिष्ठ डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्ने काम भइरहेको छ । विस्तृत परियोजना प्रतिवेदनअनुसार सडक विस्तारका लागि ३ अर्ब ७९ करोड ७८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सडक कालोपत्रे गर्न प्रतिकिलोमिटर करिब १८ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यालयले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)