हामी गोली खान तयार छौँ तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौँः एमाले सांसद खातुन
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलाप र कार्यशैलीप्रति प्रतिपक्षले कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेकी छिन्।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खातुनले सरकारको कार्यशैली र सत्तापक्षका सांसदहरूको व्यवहारप्रति गम्भीर आपत्ति जनाइन्। बैठकमा बोल्दै उनले सत्तापक्षबाट धम्कीपूर्ण भाषा प्रयोग भएको आरोप लगाउँदै त्यसको कडा प्रतिवाद गरिन्। मुलुकमा व्याप्त गुण्डाराजका विषयमा टिप्पणी गर्दै उनले सरकारकै संरक्षणमा त्यस्ता गतिविधिहरू भइरहेको दाबी गरिन्। प्रतिपक्षले जनसरोकारका विषयमा आवाज उठाउँदा गुण्डाको संज्ञा दिनु किमार्थ शोभनीय नभएको उनको तर्क थियो।
Read full story at source (hamrakura.com)