ज्ञानबहादुर शाहीले गरे संसदीय छानबिन समिति गठनको माग [भिडियो]
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता एवं सांसद ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार तथा अवस्थाबारे छानबिन गर्न तत्काल उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए। बैठकमा बोल्दै उनले नेपालको अर्थतन्त्र वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले थामिएको भए पनि राज्यले पसिना बगाउने श्रमिकहरूको पीडाप्रति आँखा चिम्लेको आरोप लगाए। हालसम्म मुलुकमा झन्डै २१ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको र सोही रकमबाट राज्य सञ्चालन भइरहेको उल्लेख गर्दै उनले लाखौँ श्रमिकहरूको जीवन र अधिकार भने अत्यधिक असुरक्षित रहेको बताए।
Read full story at source (hamrakura.com)