नगर–शिक्षक विवादको मारमा बालमन्दिर : मावि शिक्षकलाई बेवास्ता गर्दै प्राशिलाई निमित्त प्रअको जिम्मेवारी
nagariknews.nagariknetwork.com · Tue Aug 18 07:30:19 GMT 2026

त्रियुगा नगरपालिका–१०, बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालयमा लामो समयदेखि चलिरहेको प्रशासनिक विवादले विद्यालयको शैक्षिक वातावरण प्रभावित भएको छ। विवादका कारण दुई जना उपसचिवस्तरका शिक्षक विद्यालयमा नियमित हाजिर गर्दै आए पनि प्रभावकारी जिम्मेवारीविहीन छन्। एक जना प्राथमिक तहका शिक्षकले भने निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेका छन्।
माध्यमिक तहका अंग्रेजी शिक्षक जंगबहादुर खड्का ‘जेबी सर’ तीन महिनाअघि प्रधानाध्यापक पदबाट निलम्बित भएपछि विद्यालयमा हाजिर गर्ने र अधिकांश समय परिसरमै बिताउने अवस्थामा छन्। उनी कक्षामा अध्यापन गरिरहेका शिक्षक तथा सहकर्मीसँग भेटघाट गर्दै समय बिताउँछन्। अर्का माध्यमिक तहका नेपाली शिक्षक विदुर खड्का पनि १५ महिनादेखि विद्यालयमा हाजिर गर्नुबाहेक जिम्मेवारीविहीन छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)