ट्रम्पको 'अप्रूवल रेटिङ' ३३ प्रतिशतमा झर्यो !
lokaantar.com

अमेरिका र इरानबीचको युद्धका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता लगातार घट्दै गएको छ । ‘रोयटर्स/इप्सोस’ ले हालै गरेको एक सर्वेक्षणअनुसार ट्रम्पको कार्यशैलीलाई जम्मा ३३ प्रतिशत अमेरिकी नागरिकले मात्र अनुमोदन गरेका हुन्। यता, ६४ प्रतिशतले भने उनको कामकाजप्रति असन्तुष्टि व्यक्त गरेका छन् । रोयटर्सका अनुसार ट्रम्पको वर्तमान राष्ट्रपतिकालमा यो नै सबैभन्दा कम अप्रूवल रेटिङ हो ।
यसअघि यसै महिना गरिएको सर्वेक्षणमा ट्रम्पको अप्रूवल रेटिङ ३५ प्रतिशत रहेको थियो। हालको ३३ प्रतिशतको यो रेटिङ ट्रम्पको पहिलो कार्यकालको डिसेम्बर २०१७ मा रेकर्ड गरिएको सबैभन्दा तल्लो विन्दु बराबर हो।
Read full story at source (lokaantar.com)