भारतीय सेनाध्यक्षले प्रधानमन्त्रीलाई भेट्दै
annapurnapost.com · Tue Aug 18 07:57:48 GMT 2026

काठमाडौं : भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री बालेन शाहसँग शिष्टाचार भेट गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता हुने कार्यक्रम तय भएको छ।
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाध्यक्ष सेठ चारदिने भ्रमणका लागि आइतबार काठमाडौं आएका हुन्। भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।
Read full story at source (annapurnapost.com)