ग्यास सिलिण्डर अनावश्यक सञ्चय नगर्न निगमको आग्रह
lokaantar.com

नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ ।
हाल काठमाडौं उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था सामान्य हुने दाबी गरेको छ । 'काठमाडौं उपत्यकामा प्रतिदिन औसत ३५ देखि ३७ हजार सिलिन्डरको माग हो, तर अहिले हामीले औसतमा पाँच हजारदेखि आठ हजार सिलिण्डर बढी आपूर्ति गरिरहेका छौं,' निगमका निर्देशक विनितमणि उपाध्यायले भने ।
Read full story at source (lokaantar.com)