नेपाली डायस्पोराको संरक्षणप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री खनाल
nepalnews.com · Tue Aug 18 08:19:51 GMT 2026

काठमाडौं । नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले मंगलबार परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेकी छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–ईयू सम्बन्ध, आपसी हित तथा चासोका विभिन्न विषयमा छलफल भएको थियो ।
भेटका क्रममा राजदूत लोरेन्जोले परराष्ट्र मन्त्रालयसँगको उत्कृष्ट सम्बन्धका लागि धन्यवाद व्यक्त गर्दै मन्त्रालय सहयोगी, सक्रिय र उत्तरदायी रहेको बताइन् । उनले परराष्ट्रमन्त्री खनालको नेतृत्व र मार्गदर्शनप्रति समेत खुसी व्यक्त गरिन् । परराष्ट्रमन्त्री खनालले राजदूत लोरेन्जोको खुलापन, इमानदारी र सहयोगका लागि धन्यवाद दिँदै नेपाल र परराष्ट्र मन्त्रालयप्रति उनले देखाएको सहयोगको प्रशंसा गरे । भेटमा राजदूत लोरेन्जोले ईयू नेपालसँग हिमाल तथा पानीसम्बन्धी एजेन्डामा सहकार्य गर्न इच्छुक रहेको बताए ।
Read full story at source (nepalnews.com)