विपद्बारे सांसद धिताल : मान्छेको ज्यान अंकमा सीमित हुँदा डर लाग्छ
onlinekhabar.com · Tue Aug 18 08:14:45 GMT 2026

२ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले रोल्पाको थबाङ सुनछाहरी र लुंग्रे पहिरो पीडीतको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएकी छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले पहिरोमा परेर बेपत्ता हुनेहरू अझै नभेटिएको र आफन्तहरू अझै बेपत्ता भएकाहरूको पर्खाइमा रहेको बताएकी हुन्।
उनका अनुसार राजनीतिक विद्रोह, प्राकृतिक विपद् वा गाडी दुर्घटनाबाट रोल्पालीले निरन्तर संकट बेहोर्दै आएका छन्। निजामती प्रशासन र सुरक्षा फौज दुवैले हरेक दिन बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या टिपेर केन्द्रमा पठाइरहँदा आफूलाई डर लागिरहेको बताइन्।
Read full story at source (onlinekhabar.com)