रास्वपाकै सांसदले सरकारलाई भनिन्- ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक एवं सांसद क्रान्तिशिखा धितालले रोल्पा जिल्लामा बाढी र पहिरोका कारण उत्पन्न भयावह स्थिति र समग्र दुरावस्थाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छिन्।
प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै सांसद धितालले रोल्पाका थबाङ, सुनछहरी र लुङग्री क्षेत्रमा प्राकृतिक विपद्का कारण हालसम्म १७ जनाको मृत्यु भइसकेको र केही नागरिक अझै बेपत्ता रहेको जानकारी दिइन्। मानिसको अमूल्य ज्यानलाई केवल तथ्याङ्क वा अङ्कमा मात्र सीमित राखिएको भन्दै उनले गहिरो चिन्ता व्यक्त गरिन्। रोल्पा ऐतिहासिक रूपमा राजनीतिक विद्रोह, प्राकृतिक विपद् र दुर्घटनाहरूको निरन्तर चपेटामा परिरहेको उल्लेख गर्दै उनले केही महिनाअघि भएको जिप दुर्घटनामा १९ जनाको ज्यान गएको स्मरण गराइन् र रोल्पाका नागरिकहरू सधैँ शोक र त्रासमा बाँच्नुपर्ने नियतिप्रति दुःख व्यक्त गरिन्। परिवर्तनको इतिहास बोकेको र १० वर्षे सशस्त्र द्वन्द्वको मुख्य केन्द्र रहेको रोल्पा अझै पनि विकासको न्यूनतम पूर्वाधारबाट वञ्चित रहेको उनको तर्क थियो।
Read full story at source (hamrakura.com)