विपक्षी बेञ्च नै जुरुक्कै उठ्ने गरि संसदमा के बोलिन ज्वाला संग्रौलाले ?
arthasansar.com · Tue Aug 18 08:21:50 GMT 2026

रास्वपा सांसदको ज्वाला संग्रौलाको अभिव्यक्तिपछि संसदमा हङ्गामा भएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै यो सरकारले भ्रष्टाचार, बेथिति, अनियमितता र गुन्डाराजको क्यान्सरबाट मुक्त गराउने बताएकी थिइन् ।
उनले विगतका ३५ वर्षको शासनकै कारणले गत भदौमा जेनजी आन्दोलन भएको बताइन् । उनले विगतका सरकारले चलाएको गोलीबाट सिंहदरबार अगाडि ढलेको जेनजीको रगत अझै नसुकेको बताइन् । उनै सांसद संग्रौलाको अभिव्यक्तिपछि विपक्षी बेन्चका सांसद उठेर विरोध जनाए । संग्रौलाको आरोपपछि एमालेकी सांसद साजिदा सिद्दीकीले प्रतिवाद गरिन् । रास्वपाको सरकारले गुण्डाराज चलाएको बताइन् । उनले प्रतिपक्षले प्रश्न गर्दा गुण्डाराज भनेको भन्दै आपत्ति जनाइन् ।
Read full story at source (arthasansar.com)