जीविका चलाउन गाँजा खेती गरेका युवाहरूले जेल भरिए :सांसद राई
kendrabindu.com · Tue Aug 18 08:30:42 GMT 2026

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले धनकुटामा जीविकोपार्जनका लागि गाँजा खेती गर्ने युवाहरू जेल जानुपर्ने अवस्था रहेको भन्दै सरकारले गाँजा खेतीसम्बन्धी स्पष्ट कानुन बनाउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गाँजा खेतीलाई नेपालमा आर्थिक समृद्धि र रोजगारीको सम्भावनासँग जोड्नुपर्ने बताए। नेपालको हिमाल, पहाड र तराईमा गाँजा खेतीका लागि उपयुक्त वातावरण रहेको उनको दाबी छ।
Read full story at source (kendrabindu.com)