रेडमी १७ सिरिज सार्वजनिक,७५०० एमएएचको शक्तिशाली ब्याट्री
annapurnapost.com · Tue Aug 18 08:39:01 GMT 2026

काठमाडौंः शाओमीले नेपालमा रेडमी १७ सिरिजअन्तर्गत रेडमी १७ र रेडमी १७ ५जी सार्वजनिक गरेको छ । लामो समयसम्म चल्ने ब्याट्री,१२० हर्ज रिफ्रेस रेट भएको सहज डिस्प्ले र दैनिक प्रयोगका लागि भरपर्दो मजबुतीलाई प्राथमिकता दिइएको यो सिरिज प्रयोगकर्ताले पटक–पटक चार्ज गर्नुपर्ने झन्झट कम गर्ने उद्देश्यले ल्याइएको हो ।
रेडमी १७ सिरिजको मुख्य विशेषता ७,५०० एमएएचको ठूलो ब्याट्री हो, जुन आफ्नो सेग्मेन्टकै ठूलो क्षमतामध्ये एक हो। यसले भिडियो स्ट्रिमिङ,गेमिङ वा व्यस्त दिनभर फोन प्रयोग गर्दा पनि लामो समयसम्म साथ दिने कम्पनीको दाबी छ । ब्याट्री सकिन लाग्दा ४५ वाट टर्बो चार्जिङले छिटो चार्ज गर्न सहयोग गर्छ, जसले चार्जिङमा लाग्ने समय कम गर्छ ।
Read full story at source (annapurnapost.com)