यसरी फेरिँदै छ लेखनाथ सडकखण्डको मुहार [तस्बिरहरू]
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत पोखराको लेखनाथ सडकखण्ड विस्तारसँगै नयाँ स्वरूपमा देखिन थालेको छ। मुग्लिन–पोखरा सडक विस्तार आयोजना अन्तर्गत सडक विस्तारपछि अहिले लेन मार्किङ, सडक संकेत, रंगरोगन, डिभाइडर, सुरक्षा बार तथा सौन्दर्यीकरणको काम भइरहेको छ ।
सडकलाई सुरक्षित र व्यवस्थित बनाउन लेन छुट्याउने मार्किङ, जेब्रा क्रसिङ, ट्राफिक संकेत बोर्ड तथा सडक सुरक्षा संरचना निर्माण र जडान गरिएको छ। सडकका विभिन्न संरचनामा रंगरोगन तथा सौन्दर्यीकरणले लेखनाथ क्षेत्रको सडक दृश्यसमेत आकर्षक बनेको छ।
Read full story at source (hamrakura.com)