परिवर्तनको इतिहास बोकेको रोल्पाले विकासमा गति लिन सकेन : सचेतक धिताल
nagariknews.nagariknetwork.com · Tue Aug 18 08:44:06 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले सरकार नागरिकको सरकार हो भने नागरिकको दुःखमा राज्यको अनुभूति हुनुपर्ने बताएकी छन्।
मंगलबार संसद्मा बोल्दै उनले मध्य वर्षातको समयमा बढ्दो बाढी र पहिराको त्रासका बिच संकटको घडीमा राहत बाँड्ने वा नेता पुग्ने कुराभन्दा पनि राज्यको उपस्थिति र नागरिकले महसुस गर्ने गरी समान सहानुभूति आवश्यक रहेको बताएकी हुन्। सचेतक धितालले रोल्पाको थबाङ, सुनछहरी र लुंग्रीमा आएका बाढी र पहिराका घटनामा परी हालसम्म १७ जनाको ज्यान गएको र बेपत्ताहरूको खोजी जारी रहेको जानकारी दिइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)