विद्युत् निर्यातलाई मात्र ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न मिल्दैन: ऊर्जामन्त्री
clickmandu.com · Tue Aug 18 09:07:18 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालले विद्युत् निर्यात गर्नुलाई मात्र ऊर्जा क्षेत्रको पूर्ण सफलता मान्न नमिल्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद बासना थापाले सोधेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले यस्तो धारणा राखेका हुन् ।
मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको तथ्य सही भए तापनि यसैलाई मात्र पूर्ण सफलता भन्न नसकिने स्पष्ट पारे । उनले नेपालको जलविद्युत् उत्पादन प्रणाली मुख्यतया नदी प्रवाही प्रकृतिको भएकाले वर्षायाममा उत्पादन उच्च हुने र सुक्खायाममा घट्ने गरेको जानकारी दिए।
Read full story at source (clickmandu.com)