नेपाललाई ईयूको ‘हवाई सुरक्षा सूची’बाट हटाउन सघन प्रयास भइरहेको छ: पर्यटनमन्त्री पौडेल
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाललाई युरोपेली संघ (ईयू) को ‘हवाई सुरक्षा सूची’ (एयर सेफ्टी लिस्ट) बाट हटाउन सरकारले प्राविधिक, संस्थागत र कूटनीतिक तहबाट उच्च प्राथमिकताका साथ सघन प्रयास गरिरहेको जानकारी दिएका छन्।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद निस्कल राईले राखेको प्रश्नको उत्तर दिँदै मन्त्री पौडेलले सन् २०१३ देखि जारी रहेको यो अवरोध हटाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। सो क्रममा उनले ‘कालो सूची’ शब्दले नकारात्मक र विभेदकारी संकेत गर्ने उल्लेख गर्दै यसलाई प्राविधिक रूपमा ‘हवाई सुरक्षा सूची’ भन्नु नै उपयुक्त हुने स्पष्ट पारे।
Read full story at source (hamrakura.com)