विद्युत् महशुलमा भ्याट खारेजीको माग गर्दै सिमरामा हस्ताक्षर संकलन
annapurnapost.com · Tue Aug 18 09:07:09 GMT 2026

सिमरा : विद्युत् महशुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग गर्दै उज्यालो नेपाल पार्टीले मंगलबार बाराको सिमरामा हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । सरकारमाथि जनदबाब सिर्जना गर्ने उद्देश्यले नागरिकको हस्ताक्षर संकलन सुरू गरिएको पार्टीले जनाएको छ ।
उज्यालो नेपालले विद्युत् महशुलमा कर खारेजीका साथै डेडिकेटेड तथा ट्रंक लाइनको लामो समयदेखि रोकिएको बक्यौता रकम तत्काल असुली गर्न माग गरेको छ । बक्यौता असुलीमा सरकारले आलटाल गरिरहेको आरोप लगाउँदै पार्टीले जनताको आवाजलाई एकताबद्ध गरी सरकारलाई जवाफदेही बनाउन अभियान अघि बढाएको स्पष्ट पारेको छ ।
Read full story at source (annapurnapost.com)