किसानलाई डीडीसीले ३५ करोड भुक्तानी दिन बाँकी
baahrakhari.com · Tue Aug 18 09:13:00 GMT 2026

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले दूध खरिदबापत किसानलाई ३५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । मंगलबार (भदौ २) प्रतिनिधिसभा बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले नेपाली कांग्रेसका सांसद निश्कल राईले सोधेको प्रश्नको जवाफमा यसबारे जानकारी गराएकी हुन् ।
“डीडीसीले कति महिनादेखि कति किसानको कति रुपैयाँ भुक्तानी बक्यौता गर्न बाँकी हो ? भुक्तानीमा ढिलाइ किन भएको हो ? डीडीसीबाट किसानले बाँकी बक्यौता कहिलेसम्म भुक्तानी पाउँछन् ? भुक्तानी प्रक्रियालाई नियमित गर्न सरकारले के योजना बनाएको छ ?,” सांसद राईले प्रश्न गरे, “डीडीसीभित्र भएको समस्या के हो ? उक्त समस्या समाधान गर्न सरकारले के कस्ता काम गरिरहेको छ ?”
Read full story at source (baahrakhari.com)