cc
barnanmedia.com · Tue Aug 18 09:12:55 GMT 2026

भारत र आर्मेनियाले रक्षा उद्योगमा अनुसन्धान, विकास, नवप्रवर्तन तथा संयुक्त उत्पादनलाई अघि बढाउन समझदारीपत्र (एमओयु)मा हस्ताक्षर गरेका छन् । दुई देशबिच रक्षा औद्योगिक सहकार्य विस्तार गर्ने उद्देश्यसहित भएको यो समझदारीले रक्षा क्षेत्रमा प्रविधि तथा उत्पादन सम्बन्धी सहकार्यलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
भारतीय रक्षा सचिव राजेश कुमार सिंहले सोमबार येरेवानमा आर्मेनियाका उच्च प्रविधि उद्योगमन्त्री डेभिट तादेवोस्यानसँग भेटवार्ता गरी पारस्परिक हितका क्षेत्रमा द्विपक्षीय रक्षा औद्योगिक सहयोग विस्तार गर्ने प्रतिबद्धता दोहोर्याउनुभएको थियो । सोही क्रममा रक्षा उद्योगमा अनुसन्धान, विकास, नवप्रवर्तन र संयुक्त उत्पादनमा सहकार्य गर्न एमओयुमा हस्ताक्षर गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।
Read full story at source (barnanmedia.com)