मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र
ratopati.com · Tue Aug 18 09:34:34 GMT 2026

बाजुरा। मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक निर्माण सुरु भएको २७ वर्ष बितिसक्दासम्म निर्माण पूरा भएको छैन। उक्त सडक २०५६ देखि सुरु भएको हो। प्रदेश गौरवका रुपमा रहेको उक्त सडक निर्माण कम्पनीले समयमै काम नगर्दा आयोजना अलपत्र परेका हो।
सडक निर्माण एवं स्तरोन्नतिका लागि हरेक वर्ष बजेट विनियोजन हुँदै आएको छ। काममा ढिलाइ हुँदा विनियोजित बजेट पूर्णरूपमा खर्च हुन नसकी हरेक वर्ष फिर्ता गएको हो। विनियोजन भएको बजेटमध्ये रु ३३ करोड फिर्ता गएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
Read full story at source (ratopati.com)