संसदमा सभामुख र सांसद तामाङबीच नोकझोक, संसदीय मर्यादा पालना गर्न निर्देशन
makalukhabar.com · Tue Aug 18 09:33:17 GMT 2026

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङलाई सभाको मर्यादामा रहन निर्देशन दिएका छन् ।
परराष्ट्र मन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेको भन्दै थप स्पष्टीकरण माग गरेपछि उत्पन्न विवादका क्रममा सभामुखले उक्त निर्देशन दिएका हुन् । बैठकमा सांसद तामाङले केही दिनअघि उठाएका विषयमा परराष्ट्र मन्त्री खनालले जवाफ दिएका थिए । मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै सांसद तामाङले प्रश्न गर्नका लागि समय माग गरिन् ।
Read full story at source (makalukhabar.com)