विदेशस्थित नेपाली नियोगहरूमा आफ्नै भवन निर्माणको कार्य प्राथमिकतामा : मन्त्री खनाल
onlinekhabar.com · Tue Aug 18 09:28:35 GMT 2026

२ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विदेशस्थित नेपाली नियोगहरूका लागि आफ्नै भवन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको जानकारी दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद निश्कल राईले सोधेको प्रश्नको उत्तर दिँदै मन्त्री खनालले विभिन्न देशमा जग्गा खरिद गरिए पनि कानुनी जटिलताका कारण भवन निर्माण हुन नसकेको र अब ती समस्या समाधान हुँदै गएको बताए ।
Read full story at source (onlinekhabar.com)