पुनः पक्राउको आशंकासहित पत्रकार श्रेष्ठले दिए अदालतमा रिट
baahrakhari.com · Tue Aug 18 09:45:06 GMT 2026

काठमाडौं । आफूलाई पक्राउ गर्न रोक्न मागसहित पत्रकार किशोर श्रेष्ठले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन् । पक्राउ रोक्न अन्तरिम आदेशको माग गर्दै मंगलबार (भदौ २) श्रेष्ठ अदालत पुगेका हुन् ।
सोमबार (भदौ १) सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई रिहा गर्न परमादेश दिएको थियो । त्यसपछि उपसभामुख रुबीकुमारी ठाकुरले उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन् । जाहेरीअनुरूप प्रहरीको अनुसन्धानका क्रममा आफैँ हाजिर हुने व्यहोरा खुलाएर उनले रिट दायर गरेका हुन् ।
Read full story at source (baahrakhari.com)