मर्यादामा रहन सभामुखको निर्देशनपछि रिसाएर बैठक छोडेर हिँडिन् आशिका
clickmandu.com · Tue Aug 18 09:51:23 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङबीच भनाभन भएको छ । परराष्ट्रमन्त्रीको जवाफमा चित्त नबुझेपछि थप स्पष्टीकरण माग गरेकी सांसद तामाङलाई सभामुख अर्यालले सभाको मर्यादामा रहन निर्देशन दिएका हुन् ।
बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले सांसद तामाङले केही दिनअघि उठाएका विषयहरूमा जवाफ दिएका थिए । तर, मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै तामाङले थप स्पष्टीकरण र प्रश्न गर्नका लागि समय माग गरेकी थिइन् ।
Read full story at source (clickmandu.com)