रोजगारीका लागि विदेश जान साउन महिनामा ७० हजारले लिए श्रम स्वीकृति
arthasansar.com · Tue Aug 18 09:51:26 GMT 2026

रोजगारीका लागि विदेश जानका लागि ७० हजार भन्दा बढीले श्रम स्वीस्कृति लिएका छन् । पुनः श्रम स्वीकृति सहित साउन महिनामा ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएका हुन् ।
श्रम स्वीकृति लिनेमध्ये ६० हजार ४७२ पुरूष र ९ हजार ९६९ महिला छन् । एक महिनाको अवधिमा ४२ हजार ६९३ जनाले श्रम स्वीकृति लिएका छन् भने २७ हजार ७४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । एक महिनामा म्यानपावर मार्फत २९ हजार ४ सय ४७ जनाले श्रम स्वीकृति लिएका छन् भने १२ हजार ४४२ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । त्यस्तै ‘जीटुजी’ मार्फत ७१२ ले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
Read full story at source (arthasansar.com)