प्रधानमन्त्री बालेनसँग भारतीय प्रधानसेनापति सेठले गरे शिष्टाचार भेट [तस्बिरहरू]
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनसँग भारतका प्रधानसेनापति धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् । रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री साहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गरेका हुन् ।
उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा समकक्षी सेठ चार दिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आएका हुन् ।
Read full story at source (hamrakura.com)