यो हो विश्वको सबैभन्दा 'कुरूप' कुकुर
ratopati.com · Tue Aug 18 11:13:27 GMT 2026

क्यालिफोर्निया । विश्वभर सुन्दरताको चर्चा हुन्छ । तर तपाईंले करुपताको प्रतिस्पर्धा सुन्न भएको छ ? हो क्यालिफोनिर्यामा यस्तो प्रतिस्पर्धा हुन्ट जसमा कुकुरको अनौठो बनावट र यसको सादापनलाई महत्त्व दिइन्छ । छ वर्षीया पग ‘जिन्नी लु’ले अगस्ट १४ मा क्यालिफोर्नियाको सान्ता रोजामा आयोजित ५० औं वार्षिक विश्वको सबैभन्दा कुरूप कुकुर प्रतियोगिता जितिन् ।
जिन्नी लुकी मालिक मिशेल ग्रेडीका अनुसार जिन्नी लु विगत तीन वर्षदेखि प्रतियोगितामा भाग लिइरहेकी थिइन्, तर उनले चौथो प्रयासमा भने उसले उपाधी जितेकी छ । लुले ५ हजार डलर र टुडे शोको लाभइ अपियरेन्समा सहभागी हुन न्यूयोर्कसम्मको यात्राको टिकट पनि पाएकी छ । प्रतियोगितामा दोस्रो स्थान चिहुआहुआ–पोमेरेनियन मिक्स पिंकीले पाएको छ । चिहुआहुआ मिक्स ओटो भने प्रतिस्पर्धामा तेस्रो भयो ।
Read full story at source (ratopati.com)