विदेशमा अलपत्र नेपालीको उद्धारका लागि कार्यविधि तयार, प्रतिव्यक्ति १२ लाखसम्म खर्च गर्न सकिने
canadanepal.com · Tue Aug 18 11:47:32 GMT 2026

काठमाडौं - विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि सरकारले कार्यविधि तयार गरेको छ । परराष्ट्र मन्त्रालयले तयार गरेको ‘विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि विनियोजित बजेट सञ्चालन गर्ने कार्यविधि, २०८३’ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ ।
परराष्ट्र मन्त्रालयले गत साउन २९ गते कार्यविधि अर्थ मन्त्रालयमा पठाएको हो । अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि कार्यविधि कार्यान्वयनमा ल्याइने परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा जानकारी दिए ।
Read full story at source (canadanepal.com)