तोकिएकै समयभित्र निष्पक्ष रूपमा महाधिवेशन सम्पन्न गर्नुपर्छ: गगन थापा
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विधान, संविधान र अदालतको आदेशानुसार तोकिएकै समयसीमाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक तथा कानुनी बाध्यता रहेको बताएका छन्।
मंगलबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले समयको चर्को दबाबलाई मध्यनजर गर्दै निर्धारित कार्यतालिकाअनुसार सम्पूर्ण प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्। पार्टी अहिले संवैधानिक व्यवस्था, आन्तरिक विधान र अदालतको फैसलाबाट पूर्ण रूपमा बाँधिएको उल्लेख गर्दै उनले यसपटक क्रियाशील सदस्यताको विवरण डिजिटलाइज्ड गरिएको हुनाले काम गर्न विगतको तुलनामा केही सहज हुने अपेक्षा व्यक्त गरे। तर, प्रक्रियामा कुनै पनि प्रकारको अनियमितता, त्रुटि वा पूर्वाग्रह हुन नहुनेमा उनले विशेष सचेत गराए।
Read full story at source (hamrakura.com)