नेपाल टेलिकमको नाफामा उल्लेख्य वृद्धि, एकै वर्षमा गर्यो करिब ९ अर्ब खुद मुनाफा
clickmandu.com · Tue Aug 18 11:59:46 GMT 2026

काठमाडौं । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो नाफामा उल्लेख्य वृद्धि गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको चौथो त्रैमासमा मात्रै टेलिकमले ४ अर्ब २० करोड २४ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको बताएको छ ।
तेस्रो त्रैमाससम्म ३ अर्ब १४ करोड ८० लाख १८ हजार नाफा कमाएको कम्पनीले अन्तिम त्रैमासमा मात्रै आफ्नो नाफा १ अर्ब ५ करोड ४४ लाख ३४ हजार रुपैयाँले बढाएको जानकारी दिएको छ । सरकारले टेलिकमको पहुँच र गुणस्तर वृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राखेर सुधारका काम अघि बढाएपछि इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढेको र त्यसको सकारात्मक प्रभाव वित्तीय स्वास्थ्यमा देखिएको सरकारी पक्षको दाबी छ ।
Read full story at source (clickmandu.com)