ओस्कार अवार्डका लागि ‘इन्टरनेसनल फिचर फिल्म’ विधामा आवेदन खुला
baahrakhari.com · Tue Aug 18 12:07:15 GMT 2026

काठमाडौं । नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति-२०२६ ले ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार) को ‘इन्टरनेसनल फिचर फिल्म अवार्ड’ विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने चलचित्र छनोटको प्रक्रिया सुरु गरेको छ ।
अध्यक्ष लक्ष्मीनाथ शर्माको हस्ताक्षरमा समितिले सूचना जारी गर्दै मापदण्ड पुगेका नेपाली चलचित्रहरूलाई यही भदौ २२ गते (सेप्टेम्बर ७) अगावै आवेदन दिन आह्वान गरेको हो । ओस्कारको यस विधामा सहभागिता जनाउन इच्छुक चलचित्र निर्माताहरूले काठमाडौंस्थित समितिको सचिवालयमा आफ्ना चलचित्र दर्ता गराउनुपर्नेछ ।
Read full story at source (baahrakhari.com)