पहिरोको जोखिम बढेपछि रोल्पाका दुई गाउँपालिकाका सबै विद्यालय बन्द
annapurnapost.com · Tue Aug 18 12:12:18 GMT 2026

रोल्पा : रोल्पामा पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका दुई गाउँपालिकाका सबै विद्यालय बन्द गरिएको छ। पुर्वी रोल्पाका सुनछहरी र लुङ्ग्री गाउँपालिकाका सामुदायिक र संस्थागत सबै विद्यालय बन्द भएका हुन् ।
साउन महिनाको अन्त्यतिर भारी वर्षापछिको पहिरोले पुर्वी रोल्पामा ठूलो जनधन क्षति गरेको र अझै पहिरोको जोखिम रहेको भन्दै दुवै गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। सुनछहरी गाउँपालिकाले भदै १ देखि ५ गतेसम्म पालिकाका सबै विद्यालय बन्द रहने सूचना जारी गरेको छ।
Read full story at source (annapurnapost.com)