गर्ल्स होस्टेल र बढी मूल्यमा बिक्री गर्ने ओलीज स्टोरलाई ५ लाख जरिवाना
ratopati.com · Tue Aug 18 12:24:00 GMT 2026

काठमाडौँ । उपभोक्ता ठगी गर्ने तथा नियमविपरीत सञ्चालनमा रहेका व्यावसायिक फर्महरूमाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडा कारबाही गरेको छ । विभागले मंगलबार गरेको अनुगमनका क्रममा काठमाडौँका दुई व्यावसायिक फर्मलाई ५ लाख रुपैयाँ जरिवाना तिराएको छ ।
विभागका अनुसार काठमाडौँ महानगरपालिका–३२, कोटेश्वरमा सञ्चालित न्यु फेमिली गर्ल्स होस्टेललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ । विद्यार्थी भर्ना गर्दा प्यान बिल जारी नगरेको र विद्यार्थीलाई अस्वस्थकर खाना खुवाएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उक्त कारबाही गरिएको हो । त्यसैगरी तोकिएको मूल्यभन्दा बढीमा सामान बिक्री गरेको (ओभरप्राइसिङ) कसुरमा काठमाडौँको महाराजगञ्जस्थित ओलीज स्टोर प्रालिलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
Read full story at source (ratopati.com)