स्थानीय तहबाटै राहदानी सेवा दिन माग
onlinekhabar.com · Tue Aug 18 11:19:49 GMT 2026

२ भदौ, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारीले राहदानी प्राप्त गर्ने प्रक्रिया थप सहज र नागरिकमैत्री बनाउन सरकारसँग माग गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभामा ‘राहदानी ऐन–२०७६ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा अधिकारीले विदेश जाने नेपालीको संख्या बढिरहेको अवस्थामा राहदानी सेवा पनि सोहीअनुसार सहज र व्यवस्थित बनाइनुपर्ने बताइन् ।
Read full story at source (onlinekhabar.com)