विश्वविद्यालयमा गोली चल्दा चार जनाको मृत्यु, नौ घाइते
barnanmedia.com · Tue Aug 18 12:25:00 GMT 2026

फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एटेनियो डी जाम्बोआंगा विश्वविद्यालयमा मंगलबार गोली चल्दा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
क्षेत्रीय राष्ट्रिय अनुसन्धान ब्युरो (एनबीआई) का अनुसार मृत्यु हुनेमा दुई जना सुरक्षा गार्ड र दुई जना विद्यार्थी रहेका छन् । मृतकमध्ये एक जना घटनामा संलग्न भएको आशंका गरिएको गोली चलाउने विद्यार्थी रहेको बताइएको छ । उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन ।
Read full story at source (barnanmedia.com)