विजयपुर खोलामा बेपत्ता एक जनाको शव भेटियो
ratopati.com · Tue Aug 18 12:31:03 GMT 2026

पोखरा । पोखरा स्थित विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुईमध्ये १ जनाको शव भेटिएको छ। साउन ३० गते विजयपुर खोला तर्ने क्रममा २ जनालाई बगाएको थियो। ३ दिनदेखि निरन्तर खोजी गरेपछि पोखरा १४ छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङको शव भेटिएको हो।
उनको शव घटनास्थलबाट करिब डेढ किलोमिटर तल गोर्खा भिलेज पछाडिको खोंचमा भेटिएको कास्की प्रहरीले जनाएको छ। एक्साभेटर लगाएर उक्त शव बाहिर निकालिएको छ।
Read full story at source (ratopati.com)