साहु–महाजनले सुरु गरे काठमाडौंकेन्द्रीत आन्दोलन
kendrabindu.com · Tue Aug 18 12:44:19 GMT 2026

काठमाडौं । सरकार र मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमतिप्रति आपत्ति जनाउदै साहु–महाजनले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन् ।
साउन ६ गते निजगढमा सरकारसँग भएको ९ बुँदे सम्झौता आपत्तिजनक र एकतर्फी रहेको भन्दै उनीहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरेका हुन् । उनीहरुले उक्त सम्झौतामा कपाली तमसुक, दृष्टिबन्धक, राजीनामा र चेक बाउन्स जस्ता सबै प्रक्रियालाई अवैध भनिएकोप्रति असन्तुष्टि जनाएका छन् । राजीनामाबाट भएको वैधानिक खरिद–बिक्रीलाई सरकारले कुन कानुनी आधारमा तोड्न सक्छ भन्दै उनीहरुले यसका लागि छुट्टै कानुन चाहिने धारणा राखेका छन् ।
Read full story at source (kendrabindu.com)