नाइमा एक्स्पोमा ‘रिभर इन्डी’को स्कुटर सार्वजनिक
annapurnapost.com · Tue Aug 18 12:51:50 GMT 2026

काठमाडौं : भारतीय विद्युतीय स्कुटर निर्माता कम्पनी रिभर मोबिलिटीले नेपाली बजारमा प्रवेश गरेको छ। कम्पनीले आधिकारिक वितरक विशाल ग्रुपसँगको सहकार्यमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा आफ्नो फ्ल्यागशिप विद्युतीय स्कुटर ‘रिभर इन्डी’ सार्वजनिक गरेको हो।
रिभर मोबिलिटीका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अरविन्द मणिले नेपाली बजारमा ‘इन्डी’ सार्वजनिक हुनु कम्पनीका लागि महत्वपूर्ण कोसेढुंगा भएको बताए। विशाल गु्रपको वितरण सञ्जाल र अटोमोबाइल क्षेत्रमा रहेको अनुभवले नेपालमा व्यवसाय विस्तारका लागि बलियो आधार तयार गरेको उनको भनाइ छ।
Read full story at source (annapurnapost.com)