जापानले अस्ट्रेलियामा हाइपरसोनिक मिसाइल परीक्षण गर्ने
barnanmedia.com · Tue Aug 18 13:01:48 GMT 2026

जापानले अस्ट्रेलियाको भूमिमा हाइपरसोनिक तथा अन्य लामो दूरीका मिसाइल परीक्षण गर्ने तयारी गरेको छ । बढ्दो क्षेत्रीय सुरक्षा चुनौतीबिच जापान र अस्ट्रेलियाले रक्षा सहकार्य थप विस्तार गर्ने सहमति गरेसँगै यस्तो परीक्षणको तयारी अघि बढाइएको हो ।
अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेस र जापानी रक्षामन्त्री सिन्जिरो कोइजुमीले मङ्गलबार क्यानबेरामा भएको भेटवार्तापछि अस्ट्रेलियाली सैन्य परीक्षण क्षेत्रमा जापानी मिसाइल परीक्षणका लागि व्यवस्था मिलाउने बताउनुभएको हो । मन्त्री मार्लेसले आगामी दशकमा जापानलाई अस्ट्रेलियाका मिसाइल परीक्षण क्षेत्र प्रयोग गर्न सहज हुने गरी दुवै देशबिच थप व्यवस्थित र उन्नत सहकार्य विकास गरिने बताउनुभयो ।
Read full story at source (barnanmedia.com)