पहाडमा सर्पदंश बढ्दै : कतै उपचार केन्द्र छैन, कतै एन्टिभेनम
annapurnapost.com · Tue Aug 18 13:10:09 GMT 2026

काठमाण्डौं : पहाडी जिल्लामा सर्पदंशका घटना बढिरहेका छन्, तर विषालु सर्पले टोकेका बिरामीको तत्काल उपचार गर्ने सुविधा भने अझै उपलब्ध छैन । सर्पले टोकेपछि स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारसमेत नपाउने र विषरोधी औषधि (एन्टिभेनम) भएका केन्द्रसम्म घण्टौं लगाएर पुग्नुपर्ने बाध्यताले बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ ।
खोटाङमा सर्पदंशका बिरामीको संख्या पछिल्ला वर्ष निरन्तर बढेको जिल्ला अस्पतालको अभिलेखले देखाएको छ । जिल्ला अस्पतालका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २८ जना सर्पदंशका बिरामी अस्पताल आएका थिए । आव २०८१/८२ मा यो संख्या बढेर ३१ पुग्यो । गत आर्थिक वर्ष २०८२/८३ मा भने २१ महिला र १८ पुरुष गरी ३९ जना सर्पदंशका बिरामी जिल्ला अस्पताल पुगे । तर जिल्ला अस्पतालमा सर्पदंशको उपचार केन्द्र छैन । पछिल्लो समय पहाडी क्षेत्रमा समेत राजगोमनजस्ता विषालु सर्प देखिन थालेपछि जोखिम झन् बढेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । जिल्लामै सर्पदंश उपचार केन्द्र आवश्यक रहेको स्थानीयको माग छ ।
Read full story at source (annapurnapost.com)