९९औँ ओस्कार अवार्ड: ‘इन्टरनेसनल फिचर फिल्म’ विधाका लागि नेपाली चलचित्रको आवेदन खुला
kendrabindu.com · Tue Aug 18 13:23:28 GMT 2026

काठमाडौं । नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति-२०२६ ले ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार) को ‘इन्टरनेसनल फिचर फिल्म अवार्ड’ विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने चलचित्र छनोटको प्रक्रिया सुरु गरेको छ।
अध्यक्ष लक्ष्मीनाथ शर्माको हस्ताक्षरमा समितिले सूचना जारी गर्दै मापदण्ड पुगेका नेपाली चलचित्रहरूलाई यहि भाद्र २२ गते (सेप्टेम्बर ७, २०२६) अगावै आवेदन दिन आह्वान गरेको छ। ओस्कारको यस गरिमामय विधामा सहभागिता जनाउन इच्छुक चलचित्र निर्माताहरूले काठमाडौँस्थित समितिको सचिवालयमा तोकिएको समय सीमाभित्र आफ्ना चलचित्र दर्ता गराउनुपर्नेछ।
Read full story at source (kendrabindu.com)