सरकार र दुर्गा प्रसाईंको समूहबीच वार्ता सुरु
khabarhub.com · Tue Aug 18 14:01:14 GMT 2026

काठमाडौं- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच आजबाट औपचारिक वार्ता सुरु भएको छ। महाअभियानले उठाएका मागहरूको समाधानका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता सुरु भएको हो ।
नेपाल सरकारको तर्फबाट हिजो (भाद्र १ गते) सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले,अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमी व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालाका सहसचिव डिलाराम पन्थी सदस्यसहितको वार्ता टोली गठन भएको थियो ।
Read full story at source (khabarhub.com)