मानव सेवा आश्रमद्वारा साउनमा २४८ जनाको उद्धार
lokaantar.com

मानव सेवा आश्रमले गत साउनमा देशका विभिन्न स्थानबाट २४८ जना सडक आश्रित मानवको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये १५७ पुरुष र ९१ महिला छन्। उनीहरूलाई देशभर रहेका आश्रमका विभिन्न शाखामा संरक्षण प्रदान गरिएको छ।
उद्धारसँगै पारिवारिक पुनःमिलनलाई प्राथमिकतामा राख्दै आश्रमले साउनमा पारिवारिक विवरण पहिचान भएका १८८ जनालाई परिवारसँग पुनःमिलन गराएको जनाएको छ।
Read full story at source (lokaantar.com)